बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आकाशको नयाँ फिल्ममा सौगात

बिहीबार, ०८ असोज २०७७, १३ : २६
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । निर्माता तथा निर्देशक आकाश अधिकारी नयाँ फिल्म निर्माणमा जुटेका छन् । अहिले नाम गोप्य राखिएको फिल्मका लागि उनी कलाकार धमाधम छनौट गरिरहेका छन् ।
द स्काई मुभिज प्रालिको सातौ प्रस्तुतिको रुपमा निर्माण हुन लागेको फिल्ममा सौगात मल्ल, रबिन्द्र झा, सुनिल कटुवाल, शिव श्रेष्ठ र आकाशकै समेत मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् । स्काई मुभिज आकाशकै फिल्म निर्माण ब्यानर हो ।

निर्देशक अधिकारीले बिहिबार आफुले जानेको पेशा चलचित्र भन्दै सामाजिक सजालबाट नयाँ फिल्म निर्माणको जानकारी दिएका हुन् । 

आकाश अधिकारीकै कथा, नव बिजय प्रकाश श्रेष्ठ, बिजय उप्रेती, सजल लोप्नको पटकथा सम्वाद, नमराज कृष्ण थापको छायाँकन रहने फिल्ममा राजनराज शिवाकोटी र शिखर सन्तोषको संगीत रहनेछ । 
फिल्मका केही कलाकार र प्राबिधिक भने छनौटको क्रममा रहेका छन् । छिट्टै सबै युनिट पुरा भएपछि छायाँकन मिति समेत तोक्ने योजना आकाशको रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप