रौतहटमा दम्पतीमाथि सांघातिक हमला गर्ने थप २ जना पक्राउ
रौतहटमा एक दम्पतीमाथि सांंघातिक हमला गर्ने कार्यमा संलग्न थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार द्वारा गरिएको अन्धाधुन्द प्रहारबाट देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी दम्पतीमध्ये श्रीमतीको मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा रामएकवाल मुखिया बिन र उनका एकजना आफन्त पक्राउ परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रवि रावलले जानकारी दिए । यसअघि घटनालगत्तै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा बली मुखिया बिनलाई पक्राउ गरेको थियोे ।
जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं ५ टिकुलिया बस्ने महेश तिवारी आफ्नै घर अगाडि केही छिमेकीसँग छलफल गरी बसेका बेला एक समूहले धम्की दिएको थियो । धम्कीलगत्तै महेश तिवारीले प्रहरी तथा आफन्त र केही राजनीतिक दलका स्थानीय नेतालाई मोबाइल फोनबाट घटना बारे जानकारी गराएका थिए । त्यसपछि शुक्रवार राति ८ः३० बजेको समयमा फेरि आएको सो समूहले एक्कासी तिवारी माथि आक्रमण सुरु गरेका थिए ।
सो क्रममा तिवारीको श्रीमती जगरानी देवीले उनलाई बचाउन खोज्दा उनीमाथि धारिलो हतियार प्रहार भएर मृत्यु भएको थियो ।
गम्भीर अवस्थामा रहेको महेशको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । रौतहट प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले सांघातिक आक्रमण गर्नेहरु अन्यको खोजी भइरहेको बताए ।
केही महिना अघि गाउँमा बाटोको विषयलाई लिएर स्थानीय स्तरमा विवाद भएको र सोही विवाद अहिलेको अवस्थासम्म आइपुगेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर