शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरु

शनिबार, १० असोज २०७७, १६ : ०७
शनिबार, १० असोज २०७७

कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ व्यापक तयारीका बीच अनलाइन परीक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले जनाएको छ । 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले पहिलो चरणमा शुक्रबार सिभिल इञ्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा शुरु भएको बताए । उपकुलपति प्राडा जोशीले भने, “हामीले परीक्षा शुरु गर्नुअघि यहाँका प्राध्यापक र विद्यार्थीलाई यसको पद्धतिका विषयमा प्रशिक्षणसमेत दिएका छौँ ।”

पहिलो दिनको परीक्षामा इञ्जिनियरिङका र कृषि विज्ञानतर्फ गरी १८३ विद्यार्थीले अनलाइनबाटै परीक्षा दिएको विश्वविद्यालयले जनाएको छ । परीक्षाका लागि बिहान ९ देखि २ बजेसम्म समय तोकिएको छ । उनले पठनपाठन सकिएका विषयको अनलाइन परीक्षा गर्न ठूलो चुनौती रहेपनि विश्वविद्यालयको प्राविधिक जनशक्ति अहोरात्र खटिएको बताए । विद्यार्थीहरु अनलाइनको पहुँच बाहिर हुने अवस्था रहेकाले विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनका सुदूरपश्चिमका ८८ वटै  स्थानीय तहलाई पहल गरिएको छ ।

त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले प्रविधि र अनेकन हिसाबले पछि रहेको सुदूरपश्चिममा अनलाइन परीक्षा गर्नु चुनौतीपूर्ण रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप