शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएल : शुभमन नायक बनेपछि कोलकाताद्वारा हैदरावाद पराजित

आइतबार, ११ असोज २०७७, ०७ : १२
आइतबार, ११ असोज २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी छँदा सफलतापूर्वक पछ्यायो ।

कोलकाताको जीतमा शुभमन गिल नायक बने । उनले सर्वाधिक ७० रनको योगदान दिए । आईपीएलमा पाँचौ अर्धशतक लगाएका उनी प्लेयर अफ द म्याच चुनिए । त्यस्तै, इयोन मोर्गनले ४२ रन बनाउँदै गिललाई राम्रो साथ दिए । दुवैले चौथो विकेटका लागि ९२ रनको साझेदारी गरे ।

लक्ष्यलाई पछ्याउने क्रममा कोलकाताको शुरुवात भने खराब रह्यो । ओपनर सुनील नरेन खलील अहमदको बलमा शुन्यमा आउट भए । त्यसपछि नितिश राणाले पारी सम्हाल्दै २६ रन बनाएर आउट भए । कप्तान दिनेश कार्तिकले पनि खाता खोल्न सकेनन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ५१ रन बनाए । उनको यो १६ औँ अर्धशतक थियो । त्यस्तै कप्तान डेविड वार्नरले ३६ र ऋद्धिमान साहाले ३० रन बनाए ।

आइतबार राजस्थान रोयल्स र किंग्स इलेवेन पञ्जाबबीच खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप