चितवनमा बाघको आक्रमणबाट १ जनाको मृत्यु
चितवन । बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामकाअनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो । हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ । जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको रामले जानकारी दिए ।
बिहान १०ः२५ बजेको समयमा घटना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । मृतकको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ । यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएर कसरामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ