प्राकृतिक विपद्का घटनामा परी ६ महिनामा ३९८ को मृत्यु
विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, दैलेखलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो भने अहिलेपनि पहिरोमा हराइरहेकाहरुको शव फेला पर्न सकेको छैन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि हालसम्मको अवधिमा १०४ जना बेपत्ता र ४२९ जना घाइते समेत भएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार मनसुन सुरु भएदेखि अर्थात गत जेठ ३० गतेयता मात्रै पहिरोबाट २८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । यसैगरी बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते हुँदा चट्याङबाट पनि ३५ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा चट्याङ लागेर ८६ जना घाइते समेत भएको तथ्यांकमा उल्लेख छ । प्राधिकरणको मनसुन भएयताको तथ्यांकमात्रै हेर्दा पनि ३६३ को मृत्यु, १०३ बेपत्ता र ३१७ जना घाइते देखिन्छ ।
प्राधिकरणले बितको २४ घण्टामा नेपालमा विभिन्न जिल्लामा गरेर ५ स्थानमा आगलागी, ३ स्थानमा अबिरल वर्षा, ३ स्थानमा जनावर आक्रमण, १ स्थानमा बाढी, १ स्थानमा पहिरोका घटना भएको जनाएको छ ।
यी घटनामा परेर ३ जनाको मृत्यु र ४जना घाइते भएका छन् भने ७३ लाख २५ हजार २ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा