दिनेशको फिल्ममा प्रदीप
मङ्गलबार, १३ असोज २०७७, १६ : ५१
काठमाडौं । प्रदिप खड्का पछिल्लो समयका स्टार हुन् । उनी अभिनित फिल्म ‘प्रेमगीत ३’ आगामी चैत्रमा रिलिजमा आउँदैछन् । यही टिमको फिल्म ‘हुतुतु’मा पनि उनी काम गर्दैछन् । उनले अहिले एक नयाँ फिल्म समेत साइन गरेका छन् । निर्देशक दिनेश राउतको नाम जुर्न बाँकी फिल्म अभिनयका लागि उनले साइन गरेका हुन् ।
सामाजिक कथामा बन्ने फिल्मको अहिले निर्माण गृहकार्य भइरहेको छ । गृहकार्य सकिएपछि फिल्मको नाम सार्वजनिक गर्ने योजना निर्देशक राउतले बनाएका छन् । फिल्मको नाम, कलाकार छनौट र निर्माण तयारीमा अहिले आफु लागि रहेको निर्देशक राउतले बताए । हुन त केही पहिले प्रदीपको स्वर्गिय गायक अरुण थापाको बायोपिक फिल्ममा पनि काम गर्ने चर्चा चलेको थियो । उक्त चर्चा अहिले त्यसै सेलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा