बोलेरोले ठक्कर दिँदा एकको मृत्यु
मङ्गलबार, १३ असोज २०७७, २२ : १२
झापाको शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझनिधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ । शव अहिले अस्पतालमै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा