मलेसियामा नेपालीलाई बन्धक बनाएर १६ लाख असुली
काठमाडौ । मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख असुल गरेकाे आराेपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे छ । केन्द्रीय अनुसन्धान ब्युराेकाे टाेलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेकाे हाे ।
श्रेष्ठले मलेसियामा श्रीमतीसहितकाे सहयाेगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ लाख रूपैयाँ असुल गरेको पाइएको ब्यूरोका प्रमुख सहकुल थापाले जानकारी दिए ।
ब्युराेकाे अनुसन्धानमा श्रेष्ठ, भुटान माईतीघर भएकी धनमाया श्रेष्ठ तथा श्याम नेपाली समेतले डेभिडको योजना बमोजिम मलेसियामा कार्यरत रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई पीडितकी श्रीमतीलाई फोन गरेर साठी हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको पन्ध्र लाख बयानब्बे हजार रकम असुलेर अपहरण मुक्त गरेको खुलेको छ ।
उनीहरूले रैदासको राहदानी आफ्नो कब्जामा लिई पिडितलाई नेपाल आउन समेत नदिई बन्धक बनाइराखेकाे जाहेरी परेपछि ब्युराेले कारवाही थालेकाे थापाले बताए । ब्युराेले श्रेष्ठ नेपाल आएकाे माैकामा उनलाई पक्राउ गरेकाे हाे । श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने समेतको कुराहरु बुझिन आएको र अन्य व्यक्तिहरुलाई पीडित बनाएको हुनसक्ने भएकाले थपअनुसन्धान भइरहेको जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण