कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा डा. भोला रिजालले निकाले गीत
काठमाडौँ – बरिष्ठ चिकित्सक तथा गायक भोला रिजालले कोरोना महामारीको अवसरमा समग्र स्वास्थ्यकर्मीको सम्मानमा ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलकोगीतसार्वजनिक गरेका छन् ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणमा समेत परेका रिजालले देशभरका स्वास्थ्यकर्मीको सम्मानमा उक्तगीतसार्वजनिक गरेको बताए ।
‘कोरोना महामारीसँगको यो लडाइमा स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन् उनले भने, ‘यस्तो बेला सबैलाई सम्मान र हौसला आवश्यक पर्छ । त्यसैले मैले उहाँहरुको मनोबललाई थप उर्जा दिन ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलकोगीतसार्वजनिक गरेको हुँ ।’
स्वास्थ्यकर्मीले यो महामारीमा देखाएको त्याग तपस्यालाई रिजालले गितको बोल मार्फत समावेश गरेका छन् । घर परिवार त्यागेर जनताको सेवामा लागेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीहरुले पनि साथ र सहयोग गरेमा धन्यवाद दिइएका छन् । सरकारी तथ्यांक अनुसार देशभर हाल ८ सय स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण देशमा दुई स्वास्थ्यकर्मीको निधन भएको छ । बिहिवार मात्रै भेरी अस्पतालमा उपचारका क्रममा एक बरिष्ठ चिकित्सकको निधन भएको छ । अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणका कारण निधन भएपछि यतिबेला समग्र चिकित्सा जगत शोकमा परेको छ ।
डा. रिजालले उनको निधनले चिकित्सा क्षेत्रमा ठुलो धक्का लागेको बताए । आफ्नो बलिदान गरेर पनि देशलाई जोगाउँन लागेका स्वास्थ्यकर्मी प्रति सबैले सम्मान गर्नुपर्ने रिजालको भनाई छ । उनको गितमा चिकित्सक डा लोचन कार्की, पुर्व प्रधान सेनापति सुकमाङ्गत कटवाल, दिपकराज गिरी, मेलिना राई, लगायतका व्यक्तिहरु गितमा समावेश गएका छन् ।
भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण