शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

२७ औँ जन्मदिनमा बालबालिकालाई सहयोग गरिन्  परमिताले

शुक्रबार, १६ असोज २०७७, १३ : ४४
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । अभिनेत्री परमिता राज्यलक्ष्मी राणा २७ बर्ष पुगेकी छन् । शुक्रबारबाट उनी २७ वर्ष लागेकी हुन् । शुक्रबार सामाजिक सञ्जालमा एक सामाजिक कामको बारेमा जानकारी दिँदै उनले आफु २७ लागेको समेत बताएकी छन् ।

‘चपली हाइट २’ बाट  फिल्म अभिनयमा डेब्यु गरेकी राणाको २०५० साल असोज १६ गते ललितपुरमा जन्म भएको हो । उनलाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना प्राप्त भइरहेको छ ।

फिल्म अभिनयमा बोल्ड भूमिकामा समेत देखिदै आएकी राणाले जन्मदिनको खुसी बालबालिकाहरुसँग साटेकी छन् । उनले पखोला गाउँको श्रीकाली देवी माध्यामिक विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र जाडोका लागि न्यानो कपडा बाड्दै जन्मदिनको खुसी समेत साटेकी हुन् ।

बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै अबको प्रत्येक वर्ष यसरी नै बालबालिकासँग जन्मदिनको खुसी साट्ने उनले बताएकी छन् ।

‘मैले पछिल्ला केही महिनाहरूमा भौतिकवादी चिजहरूले दिने खुशी क्षणिक रहेछन् भन्ने कुरा महसुस गरेँ । र, आखिरमा हाम्रो जीवनमा यसले केही महत्त्व नै राख्दैन । मरेर लानु केही छैन, सकेसम्म अरुलाई सहयोग गर्नुपर्छ । सेवा नै सबैभन्दा ठूलो धर्म हो,’ सामाजिक सञ्जालमा उनले अगाडि लेखेकी छन्, ‘म मेरो जीवनको उद्देश्य भेटाउदै छु र त्यस तर्फ लम्कदै छु ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

This year on my 27th birthday, I decided to spread some love and happiness with these wonderful children from Shree Kali Devi madhyamik vidhyalaya in Pakhola village. My heart is so content and at peace seeing them happy. Such pure innocent and beautiful souls they are. I’m so glad I decided to do this and will continue to spread the love and happiness in my future birthdays every year from now on. I will help as much as I can to children who are in need of education, food and clothes. Also special thank you to @epcturner1990 @manesa_173 @rana_rhea @xrestha_ashu @kavitdeujachhetri @bhavna_o5 @manishsuwal and Anup ji for helping me out. You guys are the reason for these children’s happiness too. These past few months I have realized that materialistic things only gives us temporary happiness. And at the end of the day it doesn’t matter at all. Marera lanu kei chaina, sakke samma aru lai sahayog garnu parcha. Sewa nai sabai bhanda thulo dharma ho. I am discovering the purpose of my life and I’ve found my calling. #27thbirthday #love #happiness यस वर्ष मेरो २७ औँ जन्मदिनमा, मैले पखोला गाउँको श्री काली देवी माद्यामिक विद्द्यालयका यि विषेश अनी अद्भुद बालबालिकाहरूसँग केही माया अनी खुशी फैलाउने निर्णय गरें। मेरो मन निकै खुशी छ अनी उनीहरूलाई देखेर शान्त पनि छ। कती निश्चल, निर्दोश अनी सुन्दर आत्माहरू। मैले गरेको यस निर्णय प्रती म निकै खुशी छु र भविष्यमा प्रत्यक वर्ष मेरो जन्मदिनमा यसै गरी माया र खुशी बाड्ने प्रयत्न गर्नेछु। मैले सकेको जती शिक्षा, खाना र कपडा ति असाय बालबालिकालाई मदत गर्नेछु। यसका साथै विषेश रुपले एड, मनिषा, मामु, आशिश, कवित, मनिष, अनुप ज्यू लाई धन्यवाद। तपाईंहरूनै यी बालबालिकाका लागि खुशीको कारण हो। मैले पछील्ला केही महिनाहरूमा भौतिक्वादी चिजहरूले दिने खुशी क्षणिक रहेछन् भन्ने कुरा महसुस गरें। र आखिरमा हाम्रो जीवनमा यसले केही महत्व नै राख्दैन। मरेर लानु केही छैन, सके सम्म अरुलाई सहयोग गर्नुपर्छ। सेवा नै सबैभन्दा ठुलो धर्म हो। म मेरो जीवनको उद्देश्य भेटउँदै छु र त्यसै तर्फ लम्किँदै छु।

A post shared by Paramita Tania Parker RL Rana (@paramita2.0) on

‘चपली हाइट २’पछि ‘चङ्गा चेट’, ‘रोज’ र ‘दि कर्मा’ अभिनय गरेकी राणालाई फिल्मले भने सोचेजस्तो सफलता दिन सकेको छैन ।

गतवर्ष सवारी दुर्घटनाको घटना लुकाएको कारण सामाजिक सञ्जालमा आलोचना समेत सामना गरेकी राणाले  उक्त घटनाको कारण माफी समेत मागेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप