२७ औँ जन्मदिनमा बालबालिकालाई सहयोग गरिन् परमिताले
काठमाडौं । अभिनेत्री परमिता राज्यलक्ष्मी राणा २७ बर्ष पुगेकी छन् । शुक्रबारबाट उनी २७ वर्ष लागेकी हुन् । शुक्रबार सामाजिक सञ्जालमा एक सामाजिक कामको बारेमा जानकारी दिँदै उनले आफु २७ लागेको समेत बताएकी छन् ।
‘चपली हाइट २’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी राणाको २०५० साल असोज १६ गते ललितपुरमा जन्म भएको हो । उनलाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना प्राप्त भइरहेको छ ।
फिल्म अभिनयमा बोल्ड भूमिकामा समेत देखिदै आएकी राणाले जन्मदिनको खुसी बालबालिकाहरुसँग साटेकी छन् । उनले पखोला गाउँको श्रीकाली देवी माध्यामिक विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र जाडोका लागि न्यानो कपडा बाड्दै जन्मदिनको खुसी समेत साटेकी हुन् ।
बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै अबको प्रत्येक वर्ष यसरी नै बालबालिकासँग जन्मदिनको खुसी साट्ने उनले बताएकी छन् ।
‘मैले पछिल्ला केही महिनाहरूमा भौतिकवादी चिजहरूले दिने खुशी क्षणिक रहेछन् भन्ने कुरा महसुस गरेँ । र, आखिरमा हाम्रो जीवनमा यसले केही महत्त्व नै राख्दैन । मरेर लानु केही छैन, सकेसम्म अरुलाई सहयोग गर्नुपर्छ । सेवा नै सबैभन्दा ठूलो धर्म हो,’ सामाजिक सञ्जालमा उनले अगाडि लेखेकी छन्, ‘म मेरो जीवनको उद्देश्य भेटाउदै छु र त्यस तर्फ लम्कदै छु ।’
‘चपली हाइट २’पछि ‘चङ्गा चेट’, ‘रोज’ र ‘दि कर्मा’ अभिनय गरेकी राणालाई फिल्मले भने सोचेजस्तो सफलता दिन सकेको छैन ।
गतवर्ष सवारी दुर्घटनाको घटना लुकाएको कारण सामाजिक सञ्जालमा आलोचना समेत सामना गरेकी राणाले उक्त घटनाको कारण माफी समेत मागेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण