शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘गोबर गणेश’ को गीतमा एलिनाको आइटम

मङ्गलबार, २० असोज २०७७, १३ : २३
मङ्गलबार, २० असोज २०७७

काठमाडौं । फिल्म ‘गोबर गणेश’ को ‘अमिलो मोई’ गीत सार्वजनिक भएको छ । जय किसन बस्नेतको मुख्य भूमिका रहेको फिल्मको गीतमा अभिनेत्री एलिना रायमाझी देखिएकी छिन् । फिल्म कल्याण अधिकारीले निर्देशन गरेका हुन् । बिलभ्ड इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कमेडी र एक्सन देख्न सकिनेछ । 

एलिना चौहान र निशान भट्टराईको स्वर रहेको गीतमा रिमेश कुमारको संगीत छ । फिल्ममा जयकिसान, एलिनाको अलवा सियम भारद्वाज सुवेदी , मुनममल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई, टेकेन्द्र न्यौपाने लगायको अभिनय रहेको छ ।  भोमन कटुवालको कथा, पटकथा तथा संवाद रहेको फिल्मका निर्माता हरिकुमार कटुवाल हुन् । फिल्मको प्रदर्शन मिति भने अहिले सार्वजनिक गरिएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप