डा. गोविन्द केसीको जीवन रक्षाको माग
विभिन्न १५ जना बुद्धिजीवि एवं प्रबुद्ध व्यक्तित्वहरुले ‘डा. केसीका मागहरुलाई अविलम्ब सम्बोधन गर्न तथा उहाँको जीवन रक्षाका निम्ति आवश्यक पहल गर्न’ सरकारसँग अपील गरेका छन् ।
आज जारी गरिएको सो अपील एवं ऐक्यबद्धता पत्रमा भनिएको छ :
विगत तीन हप्ताभन्दा बढी समयदेखि देशको चिकित्सा शिक्षा र स्वास्थ्यसेवासम्बन्धी मागहरु राखेर डा. गोविन्द केसी आमरण अनशनमा हुनुहुन्छ । यी मागहरु समाजवादउन्मुख लोककल्याणकारी राज्यको नारा दिएर सत्तासीन भएको दल र सरकारका लागि मार्गदर्शक र प्रेरणादायी हुने हामीले अपेक्षा राखेका थियौँ । तर विडम्वना ! डा. केसीका मागहरुप्रति सरकार पूर्णतः उदासीन रहेको छ । सरकारले यस किसिमको अकर्ममण्यता प्रदर्शन गरेर लोकतन्त्रमा रहनुपर्ने संवादको सस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रतिसमेत बेइमानी गरेको हामीले ठानेका छौँ । डा. केसीका मागहरुलाई अविलम्व सम्बोधन गर्न र उहाँको जीवन रक्षाका निम्ति आवश्यक पहल गर्न सरकारसँग हामी जोडदार अपिल गर्दछौँ । साथै डा. केसीका जायज मागहरुप्रति हामी ऐक्यबद्धता जाहेर गर्दछौँ ।
सो अपील एवं ऐक्यबद्धता जारी गर्नेहरुमा डा.पिताम्वर शर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा.महेश मास्के डा. अरुणा उप्रेती, नारायण ढकाल, बिमल निभा, डा.सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धन कुमारी सुनार, कोमल भट्टराई, सुदिप श्रेष्ठ, सोमत घिमिरे, प्रकाश राई र हरि रोका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण