असोज २० गतेलाई कालो दिनका रुपमा मनाउन काँग्रेस रुपन्देहीको अपिल
काठमाडौँ । राजधानी निर्णयको विरुद्धमा नेपाली काँग्रेस रुपन्देहीले असोज २० गते मंगलबारलाई कालो दिनका रुपमा मनाउने भएको छ । निर्णयलगत्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले विज्ञप्ति जारी गर्दै राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गरेका छन् ।
उनले मंगलबार साँझ ७ बजे आघा घण्टा घरका वत्ति निभाएर विरोध जनाउन पनि अपिल गरेका छन् । जनताको भावनामा गहिरो चोट पुर्याउने सरकार र त्यसका मतियारहरुकाविरुद्ध उपयुक्त मुल्याङकन् हुने उनले बताए ।
व्यापक विरोध जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चदै सरकारले दुई तिहाई मतको दम्भले गलत निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै रुपन्देही राजधानीका लागि नेपाली काँग्रेस रुपन्देहीले निरन्तर आन्दोलन चलाइरहने र आफ्नो पार्टीको बहुमत पुगेका बेला रुपन्देही बनाउने दावी समेत गरेको छ ।
अहिले चलिरहेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ । साथै आन्दोलनको रणनीति बनाउनका लागि बुटवलको होटलमा बसिरहेका बेला पक्राउ परेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई विना सर्त रिहा नगरे त्यसका विरुद्धको आन्दोलन थेग्न सरकारलाई मुश्किल पर्ने चेतावनी कांग्रेसको रहेको छ ।
पक्राउ परेको नेता कार्यकर्ताहरुलाई विभिन्न यातना दिने, झुट्टा मुद्दा लगाएर फसाउने प्रहरी प्रशासनको हर्कत तत्काल रोक्न कांग्रेसले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण