शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या जुलाई यताकै उच्च

बुधबार, २१ असोज २०७७, ०६ : ०९
बुधबार, २१ असोज २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या जुलाई पछिकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा थप ७६ हजार जना कोरोना संक्रमितको मृत्यु भएको । बेलायतमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा कोरोना संक्रमितको मृतकमा गणना गरिन्छ  । मंगलबार साँझसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ४ सय ५५ पुगेको छ ।

मंगलबार  सार्वजनिक तथ्याँक अनुसार २४ घन्टामा थप १४ हजार ५ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख ३० हजार एक सय १३ पुगेको सरकारी तथ्याँकले जनाएको छ ।

यसैगरी अस्पतालमा भर्ना हुने  कोभीड १९ का बिरामीको संख्यामा पनि २५ प्रतिशतले वृद्धि भएको  छ । मंगलबार मात्र ४ सय ६ जना कोरोना सनाक्रमित बिरामी अस्पताल भर्ना बहेका छन् । यो संख्या पनि जुलाई यताकै सबैभन्दा बढी हो । हाल बेलायतका अस्पतालमा २ हजार ८ सय ३३ जना कोरोना संक्रमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप