बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सम्झौता

बुधबार, २१ असोज २०७७, १७ : ५७
बुधबार, २१ असोज २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  बैंकमा बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई IME Pay Digital Wallet को माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप