भक्तपुरमा जग्गा खोज्न आउनेले जग्गा देखाउनेलाई कुटे, अस्पतालमा मृत्यु
काठमाडौं । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए ।
सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार मध्यान्ह पसलमा आएका दुईजनाले वियर खाएपछि जग्गा हेर्ने कुरा गरेका थिए । चन्द्र जग्गाको काम पनि गर्थे । पसलमा आएका ग्राहकले ‘जग्गा हेरौं’ भनेपछि उनी जग्गा देखाउन हिँडे ।
घरबाट करिब ५ सय मिटर माथि ईट्टभाट्टामा पुगेपछि जग्गा खोज्नेले अचानक उनलाई नै आक्रमण गरे । निर्घात कुटेर बेहोस बनाएपछि चन्द्रले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल लिएर उनीहरु भागे ।
उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा बिहीबार बिहान चन्द्रको मृत्यु भएको हो । हत्यामा संलग्नको खोजी भइरहेको महाशाखाका एसएसपी थापाले बताए । उनले भने–‘कुटपिटमा संलग्नहरुलाई खोज्दैछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण