सेयर बजारमा दबाब, ७.४२ अंकले घट्यो
काठमाडौं । बुधबार (असोज २८) नेप्से सूचक ७.४२ अंकले घटेर १५६१.१७ बिन्दुमा आइपुगेको छ । १९५ कम्पनीको १ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिदबिक्री भएका छन् । होटेल बाहेक कारोबारमा आएका सबै समूहका सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक ३.५९ अंकले घटेको छ ।
सानिमा बैंकको सबैभन्दा धेरै ७ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ९.८४ प्रतिशतले कमाएका छन । नेपाल फाइनान्सको पनि भाउ ९.७५प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रो पावरको भाउ सबैभन्दा बढी ७.२६ प्रतिशतले घटेको छ ।
दशै तिहार जस्ता महान चाडहरु नजिकिदै छन् । लगानीकर्ताहरु खर्च जोहो गर्न थालेका छन् जसका कारण खरिद बिक्रिमा चाप परेको छ । अर्कोतर्फ लगानीकर्ताहरु प्रथम त्रैमासमा बैंकको साँवा र ब्याजको भुक्तानी गर्नका लागि पनि दबाब पर्ने गर्दछन् । यसकारण पनि बजारमा दबाव परेको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण