वृत्तीय सहकारी अभियानले राष्ट्रिय संकट समधानमा महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छः मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संकटका बेला मुलुकको आर्थिक समस्या समाधान गर्न वृत्तीय सहकारी अभियानले महत्पूर्ण भूमिका खेल्न सक्नुपर्ने बताएकी छिन् । ७२ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (आइसीयू डे) को अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री अर्यालले नेपालको वित्तीय सहकारी अभियानलाई राष्ट्रिय संकटको सामनाका लागि अघि बढ्ने प्रेरणा र अवसर प्रदान गर्ने आशय व्यक्त गर्दै यस्तो कार्यकाका लागि सिंगो सहकारी अभियान सक्षम हुनुपर्ने बताएकी हुन् ।
‘कोभिड–१९ को विषम परिस्थितिले सृजना गरेको आर्थिक र सामाजिक, साँस्कृतिक र पर्यावरणीय समस्याहरुको सामना शक्ति विकासका लागि नेपालको बचत तथा ऋण सहकारी अभियानले गरिबी र बेरोजगारी समस्या समाधानमा थप जिम्मेवारीपूर्ण भूूमिका विर्वाह गर्नुपर्ने समय आएको छ । मलाई विश्वास छ आइसीयू डे ले नेपालको वित्तीय सहकारी अभियानलाई राष्ट्रिय संकटको सामनाका लागि अघि बढ्ने प्रेरणा र अबसर दुबै प्रदान गर्नेछ’ मन्त्री अर्यालले बताएकी छिन् ।
सोही अवसरमा मन्त्री अर्यालले समुदाय र सदस्यहरुमा रोग, भोक, अशिक्षा र वित्तीय संकट समाधानका लागि नेपालको बचत तथा ऋण सहकारी अभियानले यस वर्षको आइसीयू डे को नाराले झै आशा जागृत गराउनुपर्ने बताएकी छिन् । जर्मन सुधारक एफ डब्लु राइफाइसनले सन् १८४० को दशकमा व्याप्त भोकमरीबाट आक्रान्त गरिब, किसान र वित्तीय पहुँचबाट अलग मुलबासीहरुलाई संगठित गरी स्वसहयोग, स्वउत्तरदायित्व र स्वशासनका माध्यमबाट प्रजातान्त्रिक पद्धतिमा आधारित बचत तथा ऋण सहकारी संस्थापनाको बिजारोपण गरेको इतिहास स्मरण गराउँदै उक्त मार्गमा लाग्न समेत अर्यालले सहकारीलाई आग्रह गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप