शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुम्बईविरुद्ध कोलकाता ब्याटिङमा : आईपीएलमा मोर्गनको कप्तानी परिक्षा

शुक्रबार, ३० असोज २०७७, १९ : ५९
शुक्रबार, ३० असोज २०७७

काठमाडौं ।  युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा  मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा कोलकाताले टस जितेर पहिला ब्याटिङ राजेको छ । यता कोलकाताले टोलीमा दुई परिवर्तन गरेको छ  भने मुम्बईले एक परिवर्तन गरेको छ । 

कोलकाताको टोलीबाट अष्ट्रेलिया स्पिन अलराउन्डर क्रिस गिनलाई डेब्यु गराएको छ । ग्रिनलाई ओपनर टम ब्यान्टनको स्थानमा मौका दिएको हो । पछिल्लो समय राम्रो प्रर्दशन गर्दै आएका ग्रिनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । त्यस्तै अर्का तीव्र गतिका बलर कमलेश नगरकोटीको स्थानमा शिवम माभीलाई मौका दिएको छ । 

यस्तै मुम्बईले तीव्र गतिका बलर जेम्स प्याटिनसनको स्थानमा अलराउन्डर नाथन कुल्टर नाइललाई मौका दिएको छ । मुम्बई छैटौं र कोलकाता पाँचौ जितको खोजीमा छ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर मुम्बई दोस्रो स्थानमा  छ भने कोलकत्ताले ७ खेलमा ८ अंक जोडेको छ र चौंथो स्थानमा छ । 

मुम्बई कोलकत्तालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ  भने कोलकत्ता मुम्बईलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ । आजबाट कोलकाताको कप्तानी इग्ल्यान्डका ओईन मोर्गनले सम्हालेका छन् । विश्वकप च्याम्पियन कप्तान मोर्गनलाई आफ्नो पहिलो कप्तानीमै मुम्बईको बलियो चुनौती हुनेछ ।

मोर्गनको कप्तानीमा गतवर्ष इंग्ल्यान्डले एक दिवसिय विश्वकप जितेको थियो । आइपिएलमा मोर्गनको कप्तानी परिक्षा हुनेछ । नियमित कप्तान दिनेश कार्तिकले आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न नेतृत्व त्याग्दै मुम्बईसँगको खेल अघि मोर्गनलाई कप्तानी दिएका हुन् ।

इंग्ल्यान्डका सफल ब्याट्सम्यान तथा कप्तान मोर्गनको नेतृत्वले कोलकात थप मजबुत हुने आशा गरिएको छ । आइपिएलमा यी दुई टोलीबीच कुल २६ खेल भएको छ । जसमा मुम्बई २० खेलमा विजयी हासिल गर्दा  कोलकात ६ खेलमा विजयी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप