कंगनाविरुद्ध एफआईआर दर्ता गर्न आदेश
मुम्बईको बान्द्रा अदालतले बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध साम्प्रदायिक घृणा फैलाएको अभियोगमा एफआईआर दर्ता गर्न आदेश दिएको छ । अदालतमा दर्ता भएको उजूरीमा कंगनाको ट्वीट उच्छृङ्खल भएकाले उनीविरुद्ध एफआईआर दर्ता हुनुपर्ने माग गरिएको थियो ।
मुुन्ना बराली र साहिल असरफ सैयदले उनीविरुद्ध अदालतमा उजूरी दर्ता गरेका थिए । उजूरीमा कंगनाको ट्वीटरमार्फत हिन्दुु–मुस्लिम समुदायमा झगडा गराउने कोसिस गरेको उल्लेख छ । त्यस्तै, बलिउडलाई निरन्तर बदनाम गरेको आरोप पनि कंगनामाथि लागेको छ ।
पछिल्ला दिनमा सामाजिक सञ्जालदेखि टेलिभिजनसम्म कंगनाले बलिउडविरुद्ध अभिव्यक्ती दिइरहेकी छिन् । उनले भाइ–भतिजावाद र फेवरेटिज्ममा बलिउड अडिएको दाबी गरिरहेकी छिन् ।
यस विषयलाई ध्यानमा राख्दै बान्द्रा अदालतले कंगनाविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको हो । कंगना आफ्ना ट्वीट र बयानलाई लिएर प्राय विवादमा आइरहन्छिन् ।
यस विषयमा यसअघि उजूरी दर्ता गर्न उजूरीकर्ताहरु बान्द्रा प्रहरी चौकी पुुगेका थिए, तर प्रहरीले कंगनाविरुद्ध रिपोर्ट दर्ता गर्न मानेको थिए । त्यसपछि उजुरीकर्ताहरु अदालत पुुगे ।
अब सिआरपीसीको धारा १५६(३) अन्तर्गत कंगनाविरुद्ध एफआईआर दर्ता हुनसक्छ । यसपछि कंगनासँग सोधपुछ हुनेछ । यदी उनीविरुद्ध प्रमाण भेटिएमा उनको गिरफ्तारी हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न