चिकित्सक संघका मागमा छलफल हुन्छ : मन्त्री पोखरेल
काठमाडौं– स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरेलले सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि ऐन परिमार्जन गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन स्वास्थ्य क्षेत्रकै सुधारका लागि भएको बताएका छन् ।
सोमबारको मन्त्रिपरिषद बैठकले उपचारका क्रममा विरामीको मृत्यु भए चिकित्सक आफैले क्षतिपूर्ति व्यहोर्नुपर्ने गरी मस्यौदा तयार गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक संघले उक्त निर्णय फिर्ता गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।
स्वास्थ्यमन्त्री पोखरेलले सोमबारको मन्त्रिपरिषद बैठकमा आफु उपस्थित नभएपनि उक्त निर्णय स्वास्थ्य क्षेत्रको हितमै हुने भएकाले त्यसप्रति असन्तुष्टि जनाइरहनुनपर्ने बताए ।
उनले चिकित्सक संघको मागबारे छलफल गरिने पनि बताए । ‘म स्थानीय निर्वाचनका लागि काठमाडौबाहिर गएको थिएँ, आजै फर्कन्छु र यसबारे अध्ययन र छलफल गर्छु’ मन्त्री पोखरेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण