खोलियो वीरगन्ज महानगरपालिकाको बाकस

काठमाडौं–वीरगन्ज महानगरपालिकाको मतगणना भएकाे छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले सीसी टिभी जडान गरेर मतगणना गरिएकाे बताए । ११ गणनास्थलमध्ये ७ स्थानमा तारजालीसमेत लगाइएको छ । सुवेदीका अनुसार वडा नम्बर १ बाट अहिले काेठा नम्बर २ मा मतगणना सुरू गरिएकाे हाे ।
२ नम्बर प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको चुनावी नतिजालाई सर्वत्र चासोका साथ हेरिएको छ ।
३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा एक लाख पाँच आठ हजार पाँच सय १ मतदाता छन् । ती मध्ये ६१ हजार ६६६ र महिला ४६ हजार ८३२ छन् । तेस्रो लिङ्गी मतदाता ३ छन् । यिनै मतदाताले मेयर छान्दैछन् ।
महानगरपालिका मेयर पदका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् । काङ्ग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुदिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी, राजपा नेपालका राजेशमान सिंह, फोरम नेपालका विजय सरावगी, नेपाल लोकतान्त्रिक फोरम नेपालका विमल श्रीवास्तव, राप्रपाका अर्जुनबहादुर सिंह नयाँ शक्ति नेपालबाट मुनाकुमार साह कानु, नेपाली जनता दलबाट मनोजकुमार रौनियार, मालेबाट लक्ष्मीराज न्यौपाने रहेका छन् भने २५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ
-
तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति
-
सुपारीको डीएनए परीक्षणमा सांसदहरूको जोड, विपक्षमा मन्त्री र कर्मचारी
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो
-
बालेनको निर्णय तीन वडाध्यक्षहरूले गरे इन्कार