प्रकाश सपूत अभिनित ‘पिरतिको भिसा’ सार्वजनिक
आइतबार, ०२ कात्तिक २०७७, ०९ : २२
काठमाडौं – गायक तथा मोडल प्रकाश सपूत अभिनित ‘पिरतीको भिसा’ बोलको गीत सार्वजनिक भएको छ ।
भिडियोमा सपूतसंगै अस्मिता ढकाल, शम्भु धिताल र रमा थपलियालाई देख्न सकिन्छ ।
यसै गीत मार्फत गायक शम्भु धितालले पहिलो पटक गायन तथा म्युजिक भिडियोमा डेब्यू गरेका हुन् ।
शनिबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक शम्भुसँगै मेलिना राईको स्वर रहेको छ । गीतको शब्द, संगीत पनि गायक धितालले नै गरेका हुन् ।
जातिय विभेदभित्रको प्रेमलाई भिडियोमा देखाउन खोजिएको छ ।
गीतको एरेन्जमेण्ट चर्चित एरेन्जर कृष्ण बिक (भान्जा) ले गरेका हुन् । भिडियो लाई करन चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् ।
उक्त गीत गायक शम्भु धितालकै युट्युब एकाउन्टमार्फत सार्वजनिक भएको छ ।
भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण