मलेसियाको सडकमा अलपत्र अवस्थामा फेला परेका नेपालीको मृत्यु
मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ ।
शुक्रबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित नेपाली दूतावास नजिकैको बाटोमा उनी अशक्त र अलपत्र अवस्थामा भेटिएका थिए ।
नेपाली अलपत्र अवस्थामा भेटिएको खबर दूतावासले गराएपछि उनलाई एनआरएनए मलेसियाले नेपाली दूतावासकै सहयोगमा स्थानीय क्लिनिकमा उपचार गराइ होस्टलमा राखेको थियो ।
तर उनको आइतबार मृत्यु भएको हो । एनआरएनएका अनुसार उनलाई उद्धार गरिएपनि कुनै कागजाज नहुँदा ठुलो अस्पताल भर्ना गर्न समस्या भएको र त्यसका लागि नेपाली दूतावासले आवश्यक प्रकृया मिलाउँदै गर्दा मृत्यु हुन पुगेको जनाएको छ ।
सडकमा अलपत्र फेला परेका राईमा प्यारलाइसीयको समस्याका साथै शरीरका विभिन्न भागमा घाउ समेत भेटिएको बताइएको छ ।
यसैबीच घटनालाई लिएर केही खराब मनसाय भएका व्यक्तिले भ्रामक प्रचार गर्दै बदनाम गराउने र दोष थोपर्ने कार्य गरेको भन्दै एनआरएनए मलेशियाले आपत्ति जनाएको छ । एनआरएनए मलेसियाले मानवीयतको आधारमा आवश्यक सहयोग गर्दागर्दै पनि मृत्यु हुनु पुगेको प्रति दुःख व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण