शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सोमबार, ०३ कात्तिक २०७७, ०९ : ४७
सोमबार, ०३ कात्तिक २०७७

रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ । आइबार मृत्यु भएका दुई जनासहित उक्त सङ्ख्या पुगेको हो । 

पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुटाछुटै दुई स्थानमा  शव व्यवस्थापन गरेको छ । इन्द्रबक्स गण गौरबाट गएका तालिमप्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ बगही र माधव नारायण नगरपालिका ७ मा शव व्यवस्थापन गरेको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० बर्षिय एकजना पुरुषको बगही गाँउछेउमै सेनाको टोलीले शनिवार बेलुकी शव व्यवसथापन गरेको महासेनानी सामन्तध्वज खाँडले बताए । 

चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीय एक महिलाको उनकै गाँउछेउमा शव व्यवस्थापन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप