शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा बन्यो लघु चलचित्र ‘पुरानो चस्मा’

सोमबार, ०३ कात्तिक २०७७, १० : ४९
सोमबार, ०३ कात्तिक २०७७

अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले लघु चलचित्र ‘पुरानो चस्मा’ निर्माण गरेका छन् । अमेरिकामा बसोबास गर्ने नव विवाहित नेपाली जोडीको कथामा चलचित्र बनेको हो ।

चलचित्रमा सुमेश कुइँकेल, अनिल पाण्डे, बिनिता ढकाल, सरोज खड्का, मायादेवी कडरिया तथा निरु खत्रीको अभिनय रहेको छ ।

चलचित्रको सम्पादन उज्वल ढकालले गरेका हुन् भने लेखन बिनय प्रसाद ढकालको रहेको छ । चलचित्र बिश्व शर्माले निर्देशन गरेका हुन् ।

१६ अक्टोबर २०२० सार्वजनिक गरिएको चलचित्र १६ मिनेट ५१ सेकेन्डको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप