केन्द्रीय संस्करण

तस्करी रोक्न खोज्दा धनगढीमा प्रहरीको हत्या : ७ जना सार्वजनिक

person explore access_timeकात्तिक ४, २०७७ chat_bubble_outline0

कैलाली । गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा भारतीय पनि संलग्न भएको पाइएको छ । हत्यामा संलग्न भएको भन्दै कैलाली प्रहरीले मङ्गलबार ७ जनालाई सार्वजनिक गरेको छ ।

धनगढी उपमहानगरपालिका–१० स्थिते अस्थायी प्रहरी बीट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

हत्यामा संलग्नमा धनगढी उपमहानगरपालिका–१० बस्ने ३१ वर्षीय रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ का २५ वर्षीय रामगोपाल राना रहेको कैलाली प्रहरी प्रमुख एसपी दीलिपसिंह देउवाले बताए । 

ड्युटीका क्रममा दशगजा क्षेत्र पुगेका बेला विकलाई अज्ञात समूहले दशगजामै घाँटी रेटेर हत्या गरको थियो । बिकको शव आइतबार बिहान मोहना नदीमा फेला परेको थियो भने घटनापश्चात् बिकसँगै रहेका प्रहरी जवान साउदको शव मोहना नदीको किनारमा गाडिएको अवस्थामा मंगलबार फेला परेको छ ।

तस्करहरूले हत्या गरी मोहना नदी किनारमा गाडेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनामा संग्लन रहेका एक जनाले प्रहरीलाई साउदको हत्या गरी नदीको बीच भागमा गाडेको बयान दिएपछि शव फेला परेको थियो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनाले जवानको शव नदीको बीचभागमा गाडेको बयान दिएका थिए, सोही व्यक्तिलाई घटनास्थलमा ल्याएर खोज्न लगाएपछि शव भेटिएको थियो ।

शनिबार राति नेपालबाट भारततर्फ दाल लगायतका सामान तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । घटनामा भारतीय तस्करहरूको पनि संलग्नता रहेको खुल्न आएको छ ।

प्रहरी अधिकारीले भने, ‘उताका तस्करले नदीसम्म मोबाइल पु-याइदिएको घटना हेर्दा भारतीय तस्कारहरूको पनि संलग्नता देखियो ।’

प्रहरीले दाल ओसारपसार गर्न प्रयोग गरिएको गोरुगाडा (डल्लब) समेत स्थानीय बलराम रानाको घरबाट बरामद गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले १६ जनाभन्दा बढीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जना र फरार रहेका गरी ९/१० जना घटनामा संलग्न भएको प्रहरी दाबी छ । हत्यामा संलग्न तस्कर समूहका केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरूले हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरूले सुरुमा जवानको हत्या गरी नदीमा फालेको र पछि असईको हत्या गरेको स्वीकारेका छन् ।

हत्यामा संलग्न मुख्य नाइके सहित केही व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । 

भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो । घटनास्थलमा साउदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो। विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो ।

सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका प्रहरी तस्करकै शिकार बनेका हुन्। घटना अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोबाट आएको टोली पनि आइतबारबाटै यहाँ खटिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.