भरतपुरको साइडइफेक्ट : एक्लो महानगरको मतगणनामा सीसीटिभीदेखि ग्याबिन जालीसम्म
काठमाडौँ । प्रदेश नम्बर २ को एक्लो वीरगन्ज महानगरपालिकाको मतगणना शुरु भएको छ ।
कुनै अप्रिय घटना नघटोस् भनेर मतदान स्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । भरतपुर महानगरपालिकाको मतगणनाको दौरान मतपत्र च्यातिएको घटनापछि सुरक्षा सतर्कता थप गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले सीसी टिभी जडान गरेर मतगणना गरिएको बताए । ११ गणनास्थलमध्ये ७ स्थानमा तारजालीसमेत लगाइएको छ । सुवेदीका अनुसार वडा नम्बर १ बाट अहिले कोठा नम्बर २ मा मतगणना सुरू गरिएको हो ।
३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा एक लाख पाँच आठ हजार पाँच सय १ मतदाता छन् । ती मध्ये ६१ हजार ६६६ र महिला ४६ हजार ८३२ छन् । तेस्रो लिङ्गी मतदाता ३ जना छन् । यिनै मतदाताले मेयर छान्दैछन् ।
महानगरपालिका मेयर पदका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् । काङ्ग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुदिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी, राजपा नेपालका राजेशमान सिंह, फोरम नेपालका विजय सरावगी, नेपाल लोकतान्त्रिक फोरम नेपालका विमल श्रीवास्तव, राप्रपाका अर्जुनबहादुर सिंह नयाँ शक्ति नेपालबाट मुनाकुमार साह कानु, नेपाली जनता दलबाट मनोजकुमार रौनियार, मालेबाट लक्ष्मीराज न्यौपाने रहेका छन् भने २५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय