ललितपुरमा बिहानै ‘हिट एन्ड रन’ : मोर्निङ वाकमा निस्केका एकको मृत्यु, एक घाइते
बिहीबार, ०६ कात्तिक २०७७, ०९ : १७
काठमाडौँ । ललितपुरमा मोर्निङ वाकमा निस्केका दुई जनालाई ठक्कर दिएर फरार पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा १२ च ४२२८ नम्बरको पिकअपले बालकुमारी पुलमुनि दुई जनालाई ठक्कर दिएर फरार भएको थियो ।
ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईका अनुसार जीपलाई कालोपुलबाट नियन्त्रणमा लिइएको हो । यद्यपि, चालक भने फरार रहेका छन् ।
जीपको ठक्करबाट बाबुकाजी महर्जनको निधन भएको छ भने इमाडोलका ७० वर्षीय भाटलाल महर्जन घाइते छन् । उनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।
फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण