२७ वर्षपछि इन्द्रजीतको गीतमा राजेश हमाल
बिहीबार, ०६ कात्तिक २०७७, १० : ५७
काठमाडौँ । केही अगाडि आफै फिल्म निर्देशन गर्ने बताएका अभिनेता राजेश हमाल अहिले भटाभट म्युजिक भिडियो अभिनय गरिरहेका छन् ।
यस्तैमा राजेश अभिनित नयाँ म्युजिक भिडियो ‘जुनमा हेरु तिमीलाई’ सार्वजनिक भएको छ । गायक इन्द्रजीत मिजारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा सुरेश अधिकारीको संगीत छ । गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् ।
मिजारको गीतमा राजेशले २७ वर्षपछि फेरि अभिनय गरेका हुन् । यस अगाडि उनले मिजारको स्वर रहेको फिल्म ‘देउता’को ‘अब यो बाटो मेरो हो’ मा अभिनय गरेका थिए ।
भिडियोमा हमालको साथमा आज्ञा खतिवडा र दीलिप केसीलगायतको अभिनय रहेको छ ।
समी श्रेष्ठको कोरियोग्राफी, श्याम तामाङको छायांकन र विकाश दाहालको सम्पादन रहेको भिडियोमा श्याम लामा र काजी लिम्बुको निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी