प्रहरी जवान र हवल्दारका आठ गुनासा : नियमअनुसारको बिदासमेत पाइएन
नेपाल प्रहरीका जवान र हवल्दारहरूले बिदा नपाएकोदेखि हाकिमहरूले दुव्र्यवहार गर्नेसम्मका गुनासो गरेका छन् । प्रहरीले गरेको देशव्यापी सर्वेक्षणमा उनीहरूले मुख्यगरी आठवटा समस्या झेल्नुपरेको बताएका छन् ।
तल्लो तहका कर्मचारीले जागिर छाड्ने क्रम अत्यधिक बढेपछि उनीहरूको समस्या बुझ्न प्रहरीले नौ महिना लगाएर स्थलगत रूपमै अध्ययन गरेको थियो । बिहीबार महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरूसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गरेका छन् ।
प्रतिवेदनमा प्रहरी जवान र हवल्दारले मुख्यगरी आठवटा समस्या बताएका छन् । जसको पहिलो नम्बरमा नियमावलीमै तोकिएको बिदासमेत नपाएको उनीहरूको गुनासो छ । बिदा नपाउँदा परिवार भेट्नसमेत नपाएको उनीहरूको दुःखेसो छ । प्रहरीले ३० दिन घर बिदा तथा १२ दिन भैपरी आउने बिदा पाउने व्यवस्था छ । तर, थोरै प्रहरीले मात्र यो बिदाको सदुपयोग गर्न पाउने गर्छन् ।
यस्ता छन् गुनासा
- नियमअनुसारको बिदा पाइएन
- ड्युटी समय धेरै भयो
- सरुवा–बढुवा समयमा हुँदैन, पारदर्शी पनि भएन
- हाकिमद्वारा राम्रो व्यवहार हुँदैन
- स्केलका सामान पर्याप्त पाइँदैनन्
- खान पुग्ने रासन भत्ता पाएको छैन
- घरपायक सरुवा हुँदैन
- विदेश तालिम र शान्ति मिसनमा अवसर पाइएन
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा