गुर्जो बाँड्दै पूर्वसभासद् गाउँमा
पूूर्व सभासद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन् । दसैँ मनाउन गृहजिल्ला आउनुुभएका नेपाली कांग्रेसका युवा नेता खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा गुर्जो खेतीका लाई बेर्ना वितरण गरेका छन् ।
रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि समेत उपयोगी हुने भएकाले मानेभञ्ज्याङका दुई हजार सात सय तथा सुनकोशी र सिद्धिचरणका विभिन्न वडामा तीन सय गरेर तीन हजार बिरुवा रोपिने खतिवडाले बताए । गुर्जो खेती विस्तारका लागि गाउँपालिकाका नौ वटै वडामा तीनतीन सयका दरले र बाँकी सुनकोशीको कटुुञ्जे लगायत गाउँमा रोप्ने गरी वितरण गरिएको उनको भनाइ छ । ‘गुर्जो निकै नै उपयोगी जडिबुुटी रहेछ । हावापानी पनि यसका लागि हाम्रो गाउँघर राम्रो भएकाले मागेर नभई खेती विस्तार गरेर उब्जाउ गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिमार्फत गाउँगाउँमा गुर्जोका बिरुवा पठाएँ’, खतिवडाले भने, ‘अहिले म गाउँगाउँमा कोरोनाको कहर झेलिरहेका जनताका बीचमा छु । कोरोनाको ओखती छैन बरु स्वस्थ रहौंँ । जडिबुुटीमै बल गरौं भनेर काठमाडौंको नर्सरीबाटै गुर्जोका बिरुवा ल्याएर गाउँमा रोप्नका लागि दिएँ ।’ गाउँपालिकाका अध्यक्ष मोतीराज राईलाई नेता खतिवडाले गाउँपालिकाका सबै वडामा जडिबुडी खेती गर्न सुझाव दिंँदै बिरुवा वितरण गरेका छन् ।
अध्यक्ष राईले सबै नागरिकलाई स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटिजन्य पदार्थको सेवन गर्ने बानीको विकास गराउन आफूहरु लागेको बताए। कोरोनाबाट बच्नसमेत गुर्जो उपयोगी हुने भनिएपछि गुर्जो खोजेर सेवन गर्नेको लहर नै चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा