केन्द्रीय संस्करण

कोरोना सुरक्षाका मापदण्ड पालना गर्न मुख्यमन्त्री पौडेलको आग्रह

person explore access_timeकात्तिक १३, २०७७ chat_bubble_outline0

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीको संवेदनशीलतालाई गम्भीरताका साथ लिन अनुरोध गरेका छन् । कोरोना सङ्क्रमित भएर उपचाररत मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै सामाजिक दूरीसहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका हुन् । 

पौडेलले आफू र आफ्नो श्रीमतीको समेत स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै कोरोनालाई चाँडै निको भएर नियमित कार्यमा फर्कने उल्लेख गरेका छन् । उनले सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक ७ गतेदेखि श्रीमतीसहित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको तथा गत वर्ष गङ्गालालमै  मुटुको एन्जिओप्लास्टी गरेको जानकारी दिँदै उपचारारत रहँदा स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । 

“आदरणीय अग्रज तथा समकालीन नेतृत्व, आमकार्यकर्ता, कर्मचारी, सञ्चारकर्मी एवं शुभचिन्तकहरुले मेरो स्वास्थ्य अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नुभएको छ । उपचाररत रहँदा यहाँहरुको प्रत्यक्ष सम्पर्कमा रहन असमर्थ भएता पनि सामाजिक सञ्जाल, मोबाइल एमएमएस र विभिन्न माध्यमबाट यहाँहरुले गर्नुभएको स्वास्थ्यलाभको कामनाले हामीलाई कोरोनाविरुद्धको लडाइँमा थप हौसला र उत्प्रेरणा मिलेको छ । हामी यहाँहरु सबैप्रति आभार व्यक्त गर्न चाहान्छौँ । आवश्यक सुरक्षा प्रोटोकल अपनाउँदा अपनाउँदै पनि हामी कोरोना सङ्क्रमित भयौँ ।  उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धेरैधेरै आभार व्यक्त गर्दछौँ”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.