बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा फेरि लकडाउन घोषणा

बिहीबार, १३ कात्तिक २०७७, १९ : ०९
बिहीबार, १३ कात्तिक २०७७

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरि लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्वोधन गर्दै उनले कोरोनाभाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनु परेको उल्लेख गरेका छन् । 

नयाँ व्यवस्थाअनुसार सकेम्म घर बाहिर निस्कनै नदिने र निस्कनु पर्ने अवस्थामा रहेकाहरुले कडा नियमहरु मान्नु पर्नेछ । बाहिर निस्कनु पर्नेहरुलाई फाराम भर्नु पर्ने व्यवस्था पनि गरिएको छ । 
अहिले घोषणा गरिएको लकडाउन आगामी डिसेम्बर १ तारिखसम्म लागु हुनेछ भने त्यसपछि निरन्तरता दिनु परेमा १५, १५ दिनमा थप्दै लगिने छ । 

फ्रान्समा अप्रिलयता कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या उच्च भएको छ भने मंगलबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै अर्थात ३३ हजार जना नयाँ सङ्क्रमित भेटिएका छन् ।  

म्याक्रोनले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब “निर्मम तरिकाले ब्रेक“ लगाउनुपर्ने बताएका थिए । उनले कोरोनाका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको जानकारी पनि दिएका थिए ।

नयाँ घोषणा गरिएको लकडाउन शुक्रबारदेखि लागु हुनेछ । लकडाउनसँगै छिमेकी राष्ट्रहरुसँगको सिमाना पनि बन्द हुनेछ । प्रवेश गराउनै परेमा स्वास्थ्य परीक्षण गर्नु पर्नेलगायतका कडा मापदण्ड बनाइएको र त्यो पालना गरेपछि मात्रै प्रवेशका लागि अनुमती दिइने भएको छ । 

भिडभाड गर्न हुन नपाइनेगरी यसअघि लगाइएको प्रतिबन्ध पनि कायमै रहेको उनले बताए । लकडाउनका बेलामा रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र ठूला कारखानाहरु भने खुल्लै रहने जनाइएको छ । ठूला उद्योगहरु संचालन गर्न विषेश व्यवस्था गरिएको र ती उद्योगहरु संचालन भएपछि अर्थतन्त्र पनि धानिने उनको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप