शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

शुक्रबार, १४ कात्तिक २०७७, १२ : ०७
शुक्रबार, १४ कात्तिक २०७७

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । 
यस्तै शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ।  बिहीबार तोलामा ११८० रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप