कान्छो महानगरमा ठूलो भिडन्त : कांग्रेसलाई उछिन्यो राजपाले, तेस्रोमा फोरम
पर्सा– २ नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरको मतगणना अत्यन्त सुस्त गतिमा भइरहेको छ । बुधबार बिहानसम्म ३९ सय मत मात्र गनिएको छ । मतगणनामा सुधार नगर्ने हो भने अन्तिम परिणाम आउन कम्तिमा दश दिन लाग्ने देखिएको छ ।
मंगलबार दिउँसोबाट सुरु भएको वीरगञ्जकोे मतगणनामा मेयर उम्मेदवारमा कहिले कांग्रेस उम्मेदवार अगाडी त कहिले राजपा उम्मेदवार अगाडी भएपछि प्रतिस्पर्धा रोचक बनेको छ ।
प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएपनि बुधबार बिहानसम्म झन्डै ३९ सय मत गन्दा कांग्रेसलाई राजपाले उछिनेको छ । बुधबार बिहान ८ः३० मा आएको जानकारीअनुसार राजपाका उम्मेदवार राजेशमान सिंहले १२ सय ३९ मत ल्याएर अग्रता बनाएका छन् भने कांग्रेसका अजय द्धिवेदीले ९६६ मतका ल्याएर सिंहलाई पछ्याइरहेका छन् । तेस्रो स्थानमा फोरमका विजय सरावगी छन् । उनले ४७६ मत ल्याएका छन् ।
यो महानगरमा माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ४०९ मत ल्याएर चौथो स्थान बनाउदा पाउँदा एमाले उम्मेदवारले ३२५ मत ल्याएर पाँचौ स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण