शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिजीले लन्च गर्यो ९९.९९% सम्म स्टरलाइज गर्ने नाइट सिरिज वासिङ मेसिन

सोमबार, १७ कात्तिक २०७७, १२ : २७
सोमबार, १७ कात्तिक २०७७

काठमाडौं । सि.जी.ले वासिङ मेसिनको दुनियामा नयाँ सिरिजको वासिङमेसिन लन्च गरेको छ । हेर्दा निकै नै आकर्षक देखिने तथा उच्च गुणस्तर भएको यो वासिङ मेसिन धेरै भन्दा धेरै विशेषताहरुले भरिपूर्ण रहेको छ । 

यसको विशेषताहरुमा स्पा केयर, वि.एल.डी.सी. मोटर, वाटर क्युब ड्रम, स्वाइल लेबल र उल मार्क रहेको छ । स्पा केयरको सहायताले ७० डिग्री सम्म तापक्रममा बाफ उत्पन्न गरि कपडामा रहेको किटाणु एवम् यसमा रहको दुर्गन्धहरुलाई ९९.९९% सम्म स्टरलाइज गर्दछ । यसमा  वि.एल.डी.सी. मोटरको प्रयोग गरिएको हुनाले अरु मोटरको तुलनामा ७०% सम्मको इनर्जी बचत गर्दछ । 

त्यस्तै अर्को विशेषतामा वाटर क्युब ड्रम पर्दछ । यो वासिङ मेसिनमा २१९६ वटा प्वालहरु रहेका छन् र प्रत्येक प्वाल २.४ मिलिमिटर व्यासको साईजमा छन् । यो ड्रमको सहायताले कपडालाई मज्जाले मसाज गरि यसमा रहेको जिद्दी भन्दा जिद्दी दागहरुलाई सजिलै हटाउने गर्दछ । 

यो वासिङ मिसिनमा स्वाइल वास प्रोग्राम रहेको छ । जसको कारण कपडामा रहेको मैलाहरुलाई मापन गरि गहिराईमा गई धुलाई गर्नेछ । यसमा तपाईहरुले तीन वटा छुट्टा छुट्टै लेबल देख्नुहुनेछ । तपाईको आवश्यकता अनुरुप यसलाई छानिछानि प्रयोग गर्न सक्नुहुनेछ । 

जाडो महिनालाई मध्यनजर गरि यस वासिङ मेसिनमा उल प्रोग्राम पनि राखिएको छ । जसले गर्दा तपाईहरुले जाडोमा प्रयोग हुने कपडाहरुलाई सजिलै धुन सक्नुहुनेछ । यो वासिङ मेसिन ८ र ९ केजीमा उपलब्ध छ । यो वासिङ मेसिनमा कम्पनीले मोटरमा १० वर्षसम्मको वारेन्टी उपलब्ध गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप