घटेको सेयर बजारमा झण्डै पौने तीन अर्बको कारोबार !
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ४.४७ अंकले घटेको छ । घटेको बजारमा २ अर्ब ८४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज २ सय कम्पनी कारोबारमा आएका आएका थिए ।
होटल समूह, जलविद्युत समूह, विकास बैंक, जीवन बीमा समूहको सेयर बढेको छ भने सबैभन्दा बढी जलविद्युत समूहको सेयर १३.९३ अंकले बढेको छ । यता विकास बैंकको ५.५ अंकले बढेको छ भने होटल समूह ४.८६ अंकले बढेको छ ।
अरु समूहमा भने गिरावट आएको छ । ट्रेडिङ समूह १९.०३ अंकले घटेको छ । नीर्जिबन बीमा कम्पनी, बैंकिङ समूह, लघुवित्त लगायत समूहमा गिरावट आएको छ । सबैभन्दा बढी कमाउनेमा सानिमा जनरल इन्सुरेन्स छ भने दोस्रोमा रैराङ जलविद्युत कम्पनी रहेको छ ।
खरिदबिक्री रकममा प्राइम बैंक अगाडी छ । यसको २० करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा अरुण काबेली हाइड्रोपावर र तेस्रोमा एभरेष्ट बैंक परेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण