आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कलाकार पौडेललाई ‘भैरव पुरस्कार’

शुक्रबार, २१ कात्तिक २०७७, १० : ५१
शुक्रबार, २१ कात्तिक २०७७


काठमाडौं । हरेक दुई वर्षमा वितरण हुँदै आएको ‘भैरव पुरस्कार’ यो वर्ष कलाकार राजाराम पौडेल र रामकुमार पाँडेलाई प्रदान गरिने भएको छ । हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार मध्य भैरव प्रतिभा पुरस्कार पौडेललाई र भैरव पुरस्कार पाँडेलाई दिन लागिएको हो ।

वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा. डा.खगेन्द्र लुइँटेल र व्यंग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई यो बर्ष पुरस्कृत गर्ने निर्णय गरेको हो ।

प्राध्यापन पेशामा संलग्न पाँडेका ‘सञ्चै छ ?’, ‘खप्पर’, ‘रसरङ्गी’लगायत कृति प्रकाशित छन् । त्यस्तै पौडेल २०३७ सालमा रिलिज ‘बासुदेव’ फिल्मबाट अभिनयमा होमिएका थिए । पौडेलले तीन सय बढी फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप