कलाकार पौडेललाई ‘भैरव पुरस्कार’
शुक्रबार, २१ कात्तिक २०७७, १० : ५१
काठमाडौं । हरेक दुई वर्षमा वितरण हुँदै आएको ‘भैरव पुरस्कार’ यो वर्ष कलाकार राजाराम पौडेल र रामकुमार पाँडेलाई प्रदान गरिने भएको छ । हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार मध्य भैरव प्रतिभा पुरस्कार पौडेललाई र भैरव पुरस्कार पाँडेलाई दिन लागिएको हो ।
वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा. डा.खगेन्द्र लुइँटेल र व्यंग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई यो बर्ष पुरस्कृत गर्ने निर्णय गरेको हो ।
प्राध्यापन पेशामा संलग्न पाँडेका ‘सञ्चै छ ?’, ‘खप्पर’, ‘रसरङ्गी’लगायत कृति प्रकाशित छन् । त्यस्तै पौडेल २०३७ सालमा रिलिज ‘बासुदेव’ फिल्मबाट अभिनयमा होमिएका थिए । पौडेलले तीन सय बढी फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण