नयाँ उचाइ बनाउँदै सेयर बजार, पौने पाँच अर्बको कारोबार
काठमाडौं । नेप्से सूचक १०.८२ अंकले बढेर १७१८.५० विन्दुमा आइपुगेको छ । साताको अन्तिम कारोबारमा १ सय ९८ कम्पनीको ४ अर्ब ८२ करोड भन्दा बढीको कारोबार भएको छ । १ करोड ३८ लाख कित्ताभन्दा बढी सेयर खरिद बिक्री भएको छ ।
कुल १२ समूहमध्ये ५ को सूचक हरियो भएको छ भने बाँकी समूह तल झरेका छन् । सबैभन्दा धेरै व्यापारिक समूहको सूचक १६४.७१ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक पनि १०.२१ अंकले बढेको छ । विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीको भाउ तर सर्किट लाग्ने गरी बढेको छ ।
सबैभन्दा बढी गणपति माइक्रो फाइनान्सका लगानीकर्ताले ५.२३ प्रतिशतले गुमाएका छन् । सबैभन्दा बढी खरिद बिक्री नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यसको २८ करोड ५५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा प्रभु बैंक रहेको छ । नेप्से सूचक तथा अन्य उपसूचकहरुले नयाँ उचाईहरु बनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण