शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सबै शहरी सडकमा साइकल लेन बन्नुपर्छ: मन्त्री श्रेष्ठ

शुक्रबार, २८ कात्तिक २०७७, १८ : ००
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताएका छन् । उनले साइकल लेनसहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबाएको भए तत्काल बनाउन निर्देशन दिए । साइकल प्रेमी अभियन्ताको तर्फबाट  नेपाल साइकल सोसाइटीले शुक्रबार सबै शहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोधपत्र बुझाएको छ ।

मन्त्री श्रेष्ठले १० बुँदे अनुरोधपत्र बुझ्दै शहर विकाससँगै साइकल लेनको विस्तार गर्नुपर्ने बताए । उनले भने– ‘वातावरण र आर्थिक रुपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ । ‘साइकल प्रेमी युवा अभियन्ताले दिएका सुझावलाई म कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिनेछु’ मन्त्री श्रेष्ठको भनाई थियो । 

उनले अभियन्ताले दिएको सुझावलाई कार्यान्वयन गर्न तत्काल विस्तृत अध्ययन कार्यदल बनाउने र सोको आधारमा सातै प्रदेश र ठुला शहर रहेका स्थानीय निकायमा सल्लाह गरी सबै सडकमा साइकल लेन बनाउन अगुवाई भूमिका खेल्ने बताए ।

मन्त्रालयले शहरी विकास मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालय, सोसाइटीका अधिकारी, वातावरणविद् लगायतका अधिकारी सम्मिलित कार्यदल बनाएर काम अघि बढाउने समेत मन्त्री श्रेष्ठले बताए । 
सो कार्यक्रममा आफ्नो धारणा राख्नै सचिव डा.रमेशप्रसाद सिंहले सबै शहरी सडकमा साइकल लेन बनाउने प्रतिबद्धता जनाए । उनले भने– ‘पोखरा,भरतपुर,काठमाडौ,विराटनगर, जनकपुर लगायत ठुला शहरी सडकमा साइकल लेन बनाउनैपर्छ । त्यस बाहेक हाल निर्माणाधिन सडकमा हल लेन हुनैपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप