पर्साको पटेर्वा सुगौलीमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
बिहीबार, ०५ असोज २०७४, ०९ : १४

वीरगंज - पटेर्वा सुगौली गाउँपालिकाअध्यक्षमा एमाले र उपाध्यक्षमा काग्रेस विजयी भएको छ ।
एमालेका अध्यक्षका उम्मेदवार हरिनारायण चौधरीले २९५७ मत प्राप्त गरी विजयी भएका हुन्।
चौधरीले नेपाली कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई ९० मतको अन्तरले पराजित गरेका हुन्। दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे।
उपाध्यक्षमा नेकपा एमालेकी सञ्जु चौधरीलाई हराउँदै नेपाली कांग्रेसकी ममता चौधरी विजयी भएकी छन् । १० वटा गाउपालिका मध्ये नतिजा आएको यो पहिलो हो ।
पर्साको मध्य उत्तरी क्षेत्रमा पर्ने पटेर्वा सुगौली गाउपालिका थारुहरुको बाहुल क्षेत्र हो । नेका सांसद सुरेन्द्र चौधरी र एमाले सांसद नागेन्द्र चौधरीको गढ हो ।