शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डा.केसीको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीको घोषणा

शनिबार, २९ कात्तिक २०७७, १० : ५१
शनिबार, २९ कात्तिक २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

आज प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराएका छन् ।

डा.केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए । शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको छ । उनको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप