जीर्ण कमलपोखरीको मर्मत गरिँदै
काठमाडौं । काठमाडौँ महानगरपालिका–१ मा पर्ने ऐतिहासिक कमलपोखरी जीर्ण भएको हुँदा संरक्षणका लागि मर्मत भइरहेको छ । स्थानीय तहको नेतृत्वमा कमलपोखरी स्पोर्टस क्लबलगायत संस्थाका समन्वयमा मर्मत तथा संरक्षणका काम गरिएको छ । कामपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले गत असार मसान्तभित्र जीर्णद्धार सक्नुपर्नेमा कोभिड–१९ को महामारीको प्रभावका कारण समय सीमाभित्र काम नसकिएको जानकारी दिए ।
विभिन्न क्लबले केही वर्षदेखि पोखरीमा माछापालन गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको क्लबले व्यावसायिकरुपमा माछा बिक्री गरी आउने पैसालाई आम्दानीको स्रोत बनाएको छ । स्थानीय विकास तथा सामाजिक कार्य सञ्चालन गरेको क्लबले स्थानीय तहमा विभिन्न खेलकूदको विकास गरेको छ । लकडाउनको अवधिमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष भीमसेन मैनालीले जानकारी दिए ।
पोखरीको आसपासमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ । पोखरीको नाममा करीब ४० रोपनी क्षेत्रफल रहेको भए पनि विभिन्न समयमा अतिक्रमण भई अहिले १८ रोपनीमा सीमित छ ।
स्थानीय समाजसेवी अरुणसिंह केसीले लामो समयसम्म स्थानीय तहको निर्वाचन नभएकाले पोखरीको आवश्यक संरक्षण हुन नसकेको बताउँदै केही वर्ष अगाडि वरवपरबाट बगेर आएको ढल पोखरीमा सङ्कलन भई वरपर दुर्गन्ध फैलिएपछि स्थानीयवासी र क्लबको समन्वयमा सरसफाइ गरी केही व्यवस्थित बनाइएको जानकारी दिए । क्लबले हालै करीब रु दुुई लाख बराबरको माछा बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची