शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्बमाथिको कारोबार
काठमाडौं । शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार खुलेको शेयर बजारमा एकैदिन ६ अर्ब रुपैंया भन्दा बढी कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो । यसअघि एकैदिन ४ अर्ब ८४ करोड रुपैंयासम्मको कारोबार भएको रेकर्ड थियो ।
साताको अन्तिम दिन बिहीबारको बजारमा कुल ६ अर्ब ११ करोड ६७ लाख रुपैंयाको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सो दिन कुल १ सय ७२ कम्पनीको कारोबार भएका थिए । बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४१ करोड रुपैंयाको कारोबार भयो । त्यस्तै हिमालयन डिस्टिलरीको २९ करोड र नेपाल लाइफ इन्स्योरेन्सको १६ करोडको कारोबार हुँदा अरु कम्पनीको कारोबार भने १० करोडभन्दा कम थियो ।
कारोबार मात्रै नभएर परिसूचकमा पनि बिहीबार उत्साह देखियो । नेप्से परिसूचकमा यो दिन ३६.३२ अंकको सुधार देखिएर समग्र परिसूचक १ हजार ७ सय ७८ अंकमा पुग्यो । यो दिन बजारका सबै उपसूचक र उपसमूहहरुमा बढोत्तरी आएको छ ।
होटल, व्यापारमूलक, उत्पादनमूलक र अन्य समूहका उद्योगमा यो दिन निकै ठूलो वृद्धि देखिँदा बैंकिङ तथा अन्य वित्तीय क्षेत्रसँग सम्बन्धित सूचकमा सामान्य वृद्धि देखिएको छ । कुल १ सय ७२ कम्पनीको कारोबारमध्ये यो दिन १ सय ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ । २३ वटाको मूल्य घट्दा १६ वटा कम्पनीको शेयरमूल्य स्थिर देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण