शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मालपोत कार्यालयका कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ

शुक्रबार, ०५ मङ्सिर २०७७, १७ : ११
शुक्रबार, ०५ मङ्सिर २०७७

तुलसीपुर । मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलीले कार्यालयका दुई जना कर्मचारीलाई ३ लाख २० हजार रकमसहित रंगेहात पक्राउ गरेको हो ।

घुस रकमसहित मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताए । मालपोत कार्यालय प्रमुख नरेशकुमार खड्काले कर्मचारी पक्राउ परेको आफुले पनि थाहा पाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप