शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

झापाका संक्रमितको धरानमा निधन

आइतबार, ०७ मङ्सिर २०७७, ०९ : ३१
आइतबार, ०७ मङ्सिर २०७७

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगरस्थित बाहुनडगी–४ का ४५ वर्षीय पुरुष रहेका छन् ।

गत मंसिर १ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका उनी ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको ७ गते बिहान एक बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्तकको शवको व्यवस्थापन नियमानुसार भइरहेको अस्पतालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप