शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा प्रहरीले रेष्टुरेन्टबाट डेढ लाखसहित ७ जुवाडेलाई समात्यो

सोमबार, ०८ मङ्सिर २०७७, १९ : ४६
सोमबार, ०८ मङ्सिर २०७७

घोराही । दाङमा जुवातास खेल्दै गरेका ७ जना जुवाडेलाई झण्डै डेढ लाखसहित प्रहरीले समातेको छ ।  लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेन्टमा तास खेल्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँका अक्कबर हुसेन मिया, अल्ली शाह, कृष्णबहादुर राना, यमबहादुर राना, रुपेश आले, एडिस मिया र चुमानसिंह सुनार रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले एक लाख ४६ हजार नगद र १० गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप