शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान

बुधबार, १० मङ्सिर २०७७, १७ : २८
बुधबार, १० मङ्सिर २०७७

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका क्षत्रीय कार्यालय र शाखा/उप-शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका थिए । 

हाल कोभिड-१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सो रक्तदान कार्यक्रम देशभर संचालन गरेको जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप